दाङमा ८८ जनामा कोरोना पुष्टि

 बैशाख १०, २०७८

दाङ ।
दाङमा आज ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ सय ६० जनाको पिसिआर परिक्षण गर्दा ६७ जनामा कोरोना देखिएको छ । त्यस्तै जिल्ला बाहिर आज २१ जनामा संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा गरिएको परिक्षणमा तुलसीपुरका ३५, घोराहीका २४, बबई, गढवा र शान्तिनगरका २/२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै जिल्ला बाहिर तुलसीपुरका ११, घोराहीका ३, राप्ती, बबईका २÷२, शान्तिनगर र दंगिशरणका १÷१ जनामा संक्रमण देखिएको छ । यो सँगै दाङमा अहिले सकृय संक्रमितको संख्या ३ सय ७० पुगेको छ । जस्मा ७४ जना बिरामीको बाहिरी जिल्लामा उपचार भैरहेको केन्द्रले जनाएको छ । अन्य ३६ जनाको कोरोना बिषेश अस्पताल बेलझुण्डि र ९ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

तपाईंको प्रतिक्रिया