दाङ गढवाका दुई जनामा कोरोना संक्रमण पुष्टि

 जेठ १५, २०७७

तुलसीपुर,१५ जेठ ।

दाङमा फेरी दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ का २८ वर्षका १ जना पुरूष र वडा नम्बर २ का ४१ वर्षका पुरूषमा पनि कोरोना भाइरस रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा आज गरिएको स्वाव परिक्षणमा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जानकारी गराएको छ ।

उनीहरू मध्ये वडा नम्बर १ का जनता मावि गढवाको क्वारेन्टाइनमा र २ वडाका अर्का पुरूष लक्ष्मी सामुदायिक वन जेठान गाउँको क्वारेन्टाइनमा बसेका थिए । उनीहरू भारतबाट कृष्णनगर नाका भएर क्वारेन्टाइनमा बसेका थिए । जेठ १३ गते ३७ जना महिला पुरुषको पिसीआर परीक्षणका लागि प्रतिष्ठानमा पठाईएको थियो । ति मध्ये दुई जनामा कोरोना पुष्टि भएको हो । यस अघि हिजो १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

तपाईंको प्रतिक्रिया