उदयपुरको भुल्केमा उपचारार्थ थप आठ जना कोरोनामुक्त

 बैशाख २६, २०७७

तुलसीपुर,२६ बैशाख ।
उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उपचाररत थप ८ जनामा कोरोना निको भएको छ । पछिल्लो तीनवटा जाँचमा उनीहरूमा कोरोना सङ्क्रमण नभएको पाइएको हो । भुल्केमा १६ जमातीसहित २८ जनालाई कोरोना देखिएकोमा ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए ।

एक महिलासहित आठ जनालाई आज डिस्चार्ज गरिने कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिनुभयो । कोभिड उपचार केन्द्रमा ३१ जना भर्ना भएका थिए । आज आठजनाको डिस्चार्ज भएपछि १७ जना उपचाररत रहनेछन् ।

तपाईंको प्रतिक्रिया