भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाईमा हुने

 बैशाख २७, २०७७

तुलसीपुर ,२७ बैशाख ।

भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको कक्षा १० र १२ को परीक्षा आउँदो जुलाई १ देखि हुनेभएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आउँदो जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ । केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ ।

‘विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ’, केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भन्नुभयो । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन । भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ । 

तपाईंको प्रतिक्रिया