हस्नापुर-बेलटाकुरा खानेपानी संस्थाले एक महिनाको महशुल नलिने

 बैशाख २७, २०७७

तुलसीपुर,२७ बैशाख ।

तुलसीपुर ११ मा रहेको हस्नापुर बेलटाकुरा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले चैत महिनाको महशुल नलिने भएको छ । संस्थाका अध्यक्ष घमण्ड बहादुर मल्लको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको संस्थाका कोषाध्यक्ष हरी प्रसाद वलीले जानकारी दिएका छन ।

कोरोना भाइरसबाट जोगिनका लागि गरिएको लकडाउनबाट जनजिवन कष्टकर भएको भन्दै उपभोक्ताबाट महशुल नलिने भएको हो । संस्थामा हस्नापुर,बेलटाकुरा गरि ४ सय ३५ उपभोक्ता छन ।

तपाईंको प्रतिक्रिया