दाङमा पहिलो पटक समुदायमा रक्तदान, ३ सय ८३ प्वाइन्ट रगत संकलन

 बैशाख २८, २०७७



प्रकाश डाँगी , गोल्टाकुरी , २८ बैशाख।
दाङ जिल्लामा रगत अभाव हुन नदिन जिल्लामै पहिलो पटक ग्रामिण क्षेत्रमा रहेको गोल्टाकुरीमा रक्तmदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना संक्रमनको भयावह अवस्था र लकडाउनको विच पनि दाङ रेडक्रसले शहर केन्द्रित रहेको रक्तदान कार्यक्रमलाई जिल्लामा पहिलो पटक दंगिशरण गाँउपालिकाको गोल्टाकुरीमै पुगेर रक्तदान कार्यक्रम आयोजना गरि ग्रामिण क्षेत्रमा रहेका नागरीकहरुलाई समेत रगतको मह्त्व र रगत संकलन गर्ने कार्य गरेको भन्दै दंगिशरण गाँउपालिकाका अध्यक्ष भागिराम चौधरीले रक्त सञ्चार केन्द्र र नेपाल रेडक्रस सोसाईटी दाङलाई धन्यवाद समेत दिएका छन ।
रक्तदान कार्यक्रममा गाँउपापलका अध्यक्ष भागिराम चौधरी वार्ड अध्यक्षहरु तुल्सीराम देवकोटा, श्रीप्रसादचौधरी वार्ड सदस्य नन्दराम केसी ,त्यस्तै स्थानिय युवाहरु ,प्रहरी, स्वास्थ्यकर्मी ,पत्रकार लगाएत बिभिन्न व्यक्तीहरुले रक्तदान गरेका थिए ।
लकडाउन र दाङमा रगतको अवस्था ः
कोरोना संक्रमण फैलिन नदिन देशभर लकडाउन भएपछि बिभिन्न स्थानमा रगत अभाव भएका समाचारहरु बाहिर आईरहेका छन । दाङमा पनि पछिल्नो समय लामो लकडाउनको कारण रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित बिभिन्न संघ सस्थाहरु तथा व्यक्तmीगत रुपमा रक्तदानको कार्यक्रम नियमित जसो भैराखेको छ ।
दाङमा लकडाउन अवधि चैत ११ गतेपछि बैशाख २८ गते बिहन १२ बजे सम्मको तथ्याङक अनुसार तुलसीपुरमा १ सय ७२ घोराहीमा २ सय ११ गरी कुल जम्मा ३ सय ८३ प्वाइन्ट रगत संकलन भएको छ ।
यस विचमा सप्लाई घोराहीमा २ सय ५८ र तुलसीपुरमा १ सय गरी जम्मा ३ सय ५८ प्वाइन्ट रगत सप्लाई भएको रक्तm सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले वताए ।
देशमा चैत्र ११ गतेदेखि कोरोना संक्रमन फैलिन नदिन भन्दै घोषना गरिएको लकडाउनको विचमा संस्थागत , व्यक्तीगत रुपमा १ सय २८ जना ले रक्तदान गरेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले वताए ।
उनका अनुसार आउदा दिनहरुमा आफुहरु निरन्तर जिल्लामा रगत अभाव हुन नदिन लागि परेको भन्दै सबै स्वयंसेवी रक्तदाता र संस्थागत रुपमा रक्तदान गर्न ईच्छुक संस्थाहरुलाई आफुहरुले निरन्तर आग्रह समेत गरीरहेको वताए ।
यो विचमा जिल्लामा रगत अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय संग समन्वयमा रहदै जिल्लामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटीले आफ्ना गतिबिधि बढाईरहेको रेडक्रस दाङका सभापती नारायण आचार्यले वताए ।

तपाईंको प्रतिक्रिया