शान्तिनगर गाउपालिकाले भन्याे- काेराेना सङ्क्रमित दाङ ल्याउन पाईदैन

 बैशाख ३०, २०७७

तुलसीपुर,३० बैशाख ।

दाङको शान्तिनगर गाउँपालिकाको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालसम्म कोरोनाको कुनै संक्रमण नदेखिएको दाङमा तेस्रो जिल्लाबाट कोरोना संक्रमित बिरामीलाई ल्याइए खतरा हुने जनाएको छ ।

विज्ञप्तिमा बेलझुण्डीस्थित कोरोना विशेष अस्प्तालमा उपचार गराउन ल्याउनु भनेको जिल्लामा कोरोना भाइरस निम्त्याउनु भएको भन्दै गाउँपालिकाले यस्ता कार्यलाई गम्भीरतापूर्वक लिइदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

यस्तो कार्यलाई उचित समयमै रोकी दाङ जिल्लालाई सम्भावित जोखिमबाट रोक्न समेत आग्रह गरिएको छ ।

बर्दियामा सोमबार कोरोना संक्रमित भएका बिरामीलाई बेलझुण्डीमा लैजाने तयारी भएपछि गाउँपालिकाले कोरोना फैलिनसक्ने भन्दै अवरोध गरेको हो ।

तपाईंको प्रतिक्रिया