नेकपा स्थायी कमिटिको बैठक आज
तुलसीपुर,३१ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने जनाइएको छ । यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उहाँ निकटका सदस्यको अनिच्छाका कारण बैठक स्थगित गरिएको थियो ।
त्यसयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत हुनुभएको थिएन । तर एकाएक बैठक तय भएको सूचनासहित स्थायी समिति सदस्यलाई बैठकमा बोलाइएको छ ।
तपाईंको प्रतिक्रिया