तुलसीपुरका कोरोना संक्रमित वडा नम्बर ४ का रहेको पुष्टि

तुलसीपुर,३ जेठ ।
तुलसीपुरमा कोरोना संक्रमित भनिएका ब्यक्ति वडा नम्बर ४ का रहेको पाईएको छ । दाङका ३ जनामा शुक्रवार कोरोना पुष्टि हुदा गढवाका २ जना र तुलसीपुरका ७ का एक जना भनेर मन्त्रालयले जानकारी दिएको थियो । तर तुलसीपुर ७ का भनिएका ब्यक्तिमा कोरोना नदेखिएर वडा नम्बर ४ का युवक रहेको उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले जानकार दिएका छन ।
गएको चैत्र महिनामा आफन्तलाई उपचार गराउन गएका उनलाई कोरोना पुष्टि भएपछि अहिले पाटन हस्पिटलमा राखिएको छ । हस्पिटलमा काम गर्ने युवकको कोरोना पोजेटिभ भनिए पनि विरामी लगेर गएका तुलसीपुर– ४ का बिरामी कुरुवाको रिपोर्ट भने पोजेटिभ आएको नगर प्रमुख पाण्डेले जानकारी दिएका छन ।
स्वास्थ्य मन्त्रालयबाट सहि सूचना प्राप्त नहुदा स्थानीय सरकारलाई ट्रेसिङ्गको काममा कठिनाई भएको भन्दै नगर प्रमुख पाण्डेले बताएका छन । यस अघि पनि श्वास्थ्य मन्त्रालयले पाँच जना संक्रमित थपिएको प्रेस विज्ञप्ती निकाली पुनं सच्याएको थियो ।
तपाईंको प्रतिक्रिया