टेलरिङ सेन्टरले दियो कालिडढलाई राहत
तिर्थराज ज्ञवाली, सिसहनिया, ६ जेठ ।
आफ्नो पसलमा काम गर्ने कर्मचारीलाई एक टेलरिङ सेन्टरका सञ्चालकले राहत वितरण गरेका छन् । दाङको राप्ती गाउँपालिका अन्तरगत सिसहनिया बजारमा रहेको काठमाण्डौ टेलरिङ सेन्टरमा काम गर्ने ९ जना कालिगडलाई लकडाउनले मार पारेको भन्दै सञ्चालक सन्जिव छिनालले खाद्य सामाग्री वितरण गरेका हुन् ।
लगडाउनमा काम नआउने र कालिगडले तलवमात्र पाउने हुदा कार्यरत कर्मचारी कालिगडहरुलाई जनहि २५ किलो चामल, दुई किलो दाल, १ लिटर खाने तेल र १ किलो नुन उपलब्ध गराएको काठमाण्डौ टेलरिङ सेन्टरका सञ्चालक सन्जिव छिनालले बताउनु भएको छ ।
सोमवार सिसहनिया उद्योग बाणिन्ज्य संघका सहासचिव ईश्वरी प्रसाद अधिकारीको उपस्थितिमा सन्जिबले खाद्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । सिसहनिया बजारमा रहेको काठमाण्डौ टेलरिङ सेन्टरमा १३ जना कालिगडले काम गर्दै आएकोमा स्थानिय ९ जनालाई दैनिक खाद्य बस्तु प्रदान गरेको र लग डाउन लम्वीदै गएमा पुनः सोच्ने सञ्चालक सन्जिव छिनालले बताउनु भएको छ । छिनाल राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य हुनुहुन्छ ।
तपाईंको प्रतिक्रिया