कोरोनाको कहरले……
- कोरोनाको कहरले, सतायो र लेखे गजल ।
- लक डाउनले सारै, अतायो र लेखे गजल ।।
- को-को मर्ने, को-को वाच्ने, कुनै ठेगान् छैन ।
- थाभो वल्ल जीवनको, पतायो र लेखे गजल ।।
- शहर केन्द्रित्, यो देश, उ देश फुर्ति फार्ति भन्दा ।
- देशमै वस, गाउँ पस, यो वतायो र लेखे गजल ।।
- घरै भित्र वस अनि, सामाजिक् दुरि कायम गर ।
- अाफ्नै वाट अाफैलाई, पर हटायो र लेखे गजल ।।
- हिजो उता संक्रमित् रे, अाज फेरि यता सुन्छु ।
- भिडभाड् जता-जता, उता यो र लेखे गजल ।।
- सानो-ठूलो, धनी-गरिब, केही नभन्ने भो यसले ।
- मृत्यु शंख, जोर-जोरले, ठटायो र लेखे गजल ।।
- कोरोनाको कहरले, सतायो र लेखे गजल ।
- लक डाउनले सारै, अतायो र लेखे गजल ।।
- रचनाकार नेपाल बैंक तुलसीपुरका शाखा प्रमुख हुन ।
तपाईंको प्रतिक्रिया