कर्णालीमा एक हप्ता खाद्यान्न आयात रोक

 बैशाख २४, २०७७

कर्णाली प्रदेश सरकारले एक हप्ता खाद्यन्न आयातमा रोक लगाएको छ। सरकारले २ महिनालाई पुग्ने खाद्यान्न बचत रहेको बताउदै आयातमा रोक लगाएको हो।

कर्णाली प्रदेश सरकारले खाद्यान्नमा आयातमा रोक लगाए पनि दुई महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णालीमा खाद्यान्न आपूर्तिमा रोक लागेको अवस्थामा २ महिना पुग्ने खाद्यान्न मौज्दात रहेको खाद्य संस्थान कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले बताए । ‘हामीसँग २ महिना पुग्ने खाद्यान्न मौज्दात रहेको छ’ उनले भने, ‘कर्णालीको जनसंख्या १८ लाख हो । यो खाद्यान्नले कर्णालीमा २ महिना खाद्यान्न पुग्छ ।’

हाल कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय नभएको र अन्य जिल्लामा अहिले खाद्यान्न मौज्दात रहेको प्रमुख थापाले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा आठ हजार सात सय १५, हुम्लामा सात हजार ४०, मुगुमा ४ हजार ८ सय ७२, डोल्पामा ६ हजार ७ सय ७४, जुम्लामा ३ हजार १ सय ६१, दैलेखमा ५ सय, कालिकोटमा २ हजार ९ सय ११, जाजरकोटमा ४ हजार २ सय १८ र रुकुम पश्चिममा ३ सय ९० क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको र अन्य प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएका कारणले सीमानाका ७ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया