नमुना यूवा संसदकाे अायाेजनामा रक्तदान

 जेठ ०७, २०७७


दिप्तीशिखा चौधरी, दंगीशरण, ७ जेठ ।
विश्वब्यमपी रुपमा फैलीएको कोरोना भाईसरका बेला रगत को अभाव नहोस् भन्ने उद्धेश्यले ३० जनाले आज रक्तदान गरेका छन् । दंगीशरण गाउँपालिका वडा न. ५ मा आयोजना गरेको रक्तदान कार्यक्रममा वडा अध्यक्ष दिपक गौतम, जिल्ला यूवा समिती दाङका अध्यक्ष शुरेस रावत, अस्थायी प्रहरी कार्यालय बालापुरका प्रमुख कमल थापा, बिपद दंगीशरण गाउँपालिका ब्यवस्थापन समितीका सयोंजक बालकृष्ण भण्डारी, वडा सचिव प्रेम चौधरी , वडा सदस्य गरी ३० जनाले रक्तदान गरेका हुन् ।

नमुना यूवा संसद नेपाल दंगीशरण गाउँपालिकाको आयोजना एंव दंगीशरण गाउँपालिका वडा न. ५ को समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रदेश सांसद माननीय विमला वली, गाउँपालिका अध्यक्ष भागिराम चौधरी लगाएतकाको उपस्थिती रहेको थियो । सांसद विमला वलीले लकडाउनको समयमा बिरामीलाई रगतको अभाव हुन नदिन यूवा संसदले गरेको यो कार्य सार्थक रहेको बताईन । यस्तै अध्यक्ष चौधरीले नमुना यूवा संसद दंगीशरणले उपलब्धिमुलक कार्य गर्दै आएको भन्दै खुसी ब्यक्त गरे ।

कोरोना संक्रमण हुन बाट बच्नका लागि रक्तदान कार्यक्रम हुनु अघि सहभागिहरुलाई सेनिटाईजर, माक्स, ग्लब्सहरु बाडिएको थियो । रक्तदान कार्यक्रममा सहभागि यूवाहरुले लकडाउनको समयमा आफनै गाउँमा रक्तदान गर्न सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । कार्यक्रम ब्यवस्थित तरीकाले सम्पन्न गर्न र भिडभाड हुन नदिनका लागि यूवा संसदका राष्ट्रपती रमीता चौधरी, प्रधानमन्त्री सी.यम विश्वकर्मा, यूवा शिक्षा मन्त्री प्रविण योगी लगाएतका यूवा संसदका सदस्यहरु खटेका थिए । रक्त सञ्चार केन्द्र घाेराहि बाट गएकाे टाेलिले शहरीकरण गरेकाे हाे ।

तपाईंको प्रतिक्रिया