जन्ती बनि गएका अर्का एक जनाको शव भेटियो
तुलसीपुर,११ जेठ ।
रुकुम पश्चिममा भएको घटनामा थप एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जाजारकोटका अनुसार जिल्लाको चौरजहारी नगरपालिकाका वडा नम्बर १ का टीकाराम सुनारको शव जाजारकोट र सल्यानको सिमाना क्षेत्र पाउकोट भेरी नदीमा फेला परेको जाजारकोट प्रहरीले जानकारी दिएको छ ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती भन्ने ठाउँमा शनिवार साँझ दुलही लिन गएका दुलाहा संगै उनी पनि त्यहा गएका थिए । सोहि ठाउँकी १७ बर्षिया सुस्मा मल्ललाई लिन भनि गएका जाजरकोट भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ निवासी दुलाहा नवराज विकको केटि पक्षका गाउलेको कुटाईबाट मृत्यु जनाईएको छ ।
यसैविच सोहि घटनामा संलग्न भएको आरोपमा प्रहरीले केटिका बाबुआमासहित एक जना वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा केटीका बुबा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्ल र सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन्।
तपाईंको प्रतिक्रिया