रुकुम घटना : थप एक जनाको शव भेटियो
काठमाडौं,१५ जेठ ।
रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।
जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार सञ्जुको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेका हो । भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए ।
यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । ६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो । अझै एकै जना भने बेपत्ता छन् ।
तपाईंको प्रतिक्रिया