कोरोना अस्पतालमा ४२ संक्रमित

तुलसीपुर,१७ जेठ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा हाल ४२ जना कोरोना संक्रमित रहेका छन । हिजो ८ निको भएर घर फर्किदा ३७ जना रहेकोमा फेरी दाङका ५ जना थपिए सगैं अस्पतालमा संक्रमीतको संख्या ४२ पुगेको अस्पताल ब्यवस्थापन समितिका सदस्य सचिव डा.सर्बेश शर्माले जानकारी दिएका छन् ।
शुक्रवार कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना घर फर्किएका छन् ।
तपाईंको प्रतिक्रिया