पश्चिम दाङका किसान समस्यामा, तरकारी बारिमै कुहिन थाल्याे
सुहाना लामा,हापुरे,१७ जेठ ।
बन्दाबन्दी अर्थात लकडाउनका कारण तरकारि बिक्री गर्न नपाउदा तरकारी बारिमै कुहिने अबस्थामा पुगेको किसानहरुले गुनासो गरेका छन । किसानले उत्पादन गरेको तरकारीले बजार नपाउदा बबई गाउपालिका ७ झारगझेरि लगायतका स्थानमा तरकारी खेती गर्ने किसानहरुले आफुहरु अझ बढी पसमस्यामा परेको बताएका छ्न ।
बन्दा बन्दिको बेला बबई गाउँपालिकाका बजारहरुमा भिभिन्न ठाउ बाट तरकारी आयात हुने गरेको तर गाउँपालिका भरिलाई पुग्ने तरकारी यहि उत्पादन हुदा पनि आफ्नो तरकारिले बजार नपाउदा उत्पादन भएको तरकारि बारिमै कुहिन थालेको कृषकहरुले गुनासो गरेका छन । आफुहरुले उत्पादन गरेको तरकारिले बजार नपाउनुको कारण अन्य ठाउँको तरकारी आयात हुनु रहेको कृषकको भनाई रहेको छ ।
किसानहरुले उत्पादन गरेको तरकारीले लकडाउन अघि सहजरुपमा बजार पाउने गरेको भएपनि अहिले तरकारि बिक्री ठप्प जस्तै भएको किसानहरुले गुनासो गरेका छन ।
कृषकहरु भन्छ्न “लकडाउनका कारण तरकारि बजार सम्म प¥याउन सकिएको छैन जसले गर्दा तरकारी लिएर गाउँ गाउँमा जानू पर्ने बध्यता छ । तर घरघरमा गएर तरकारि बेच्दा पनि उचित मुल्य पाउन सकिन्न हाम्रो दुख त बेर्थ हुने भयो ।“
बबई गाउँपालिका वडा नम्बर ७ झारगझेरिका अधिकासं नागरिक कृषी पेशामा आबद्ध छन् तर बर्ष भरिको गुजरा चलाउने मुख्य खेतिनै बारिमै कुहिने भएपछि घरचलाउन धौ धौ हुने किशानहरु बताउछन्। कृषकहरुले उत्पादन गरेको तरकारिको बजार ब्यबस्थापनमा स्थानिय सरकारले ध्यान दिनु पर्ने बताएका छन । आफुहरुले उत्पादन गरेको तरकारीको उचित ब्यबस्थापनमा स्थानिय सरकार लागे मात्र आफुहरु परिवार चलाउन सहज हुने कृषकहरुको भनाइ छ ।
बबई गाउँपालिका भित्रका बजारमा आफुहरुले उत्पादन गरेको तरकारी नै प्रसस्त हुने भएकाले आयातित तरकारीलाई बन्द गरि स्थानीय उत्पादनको बढवा गरे कृषि पेशाबाट पलायन हुनुपर्ने अबस्था नआउने उनिहरुले बताएका छ्न । यस बिषयमा स्थानिय सरकार गम्भीर हुनु पर्ने उनिहरुको माग समेत रहेको छ ।
तपाईंको प्रतिक्रिया