सिदुरे रोगले गहुबालि सखाप हुदा रुकुम पश्चिमका कृषक चिन्तित
रुकुम, २५ जेठ ।
रुकुम पश्चिमका विभिन्न भुभागमा लगाएको गहुबालीमा सिधुरे रोग लागेपछि यसवर्ष गहुबाली उब्जनिमा आधाले कमि आएको छ । रुकुम पश्चिमका आठबिसकोट, बाँफिकोटका, चौरजहारीका बिभिन्न भुभाग मा लगाइएको गहुँबालिमा रोग लागेपछि उत्पादनमा कमि आएको हो । यसवर्ष समयमै पानी परेता पनि गहुँबालिलाई आवश्यकता भन्दा बढी पानी परेकाले सिधुरे भन्ने रोग लागेका कारण उत्पादन घटेको हो ।
यसवर्ष सिधुरे रोग लागेर गहुँको बालामा दाना समेत लागेको छैन । गहुबालिलाई पानीको आवश्यकता पर्ने भएता पनि यसवर्ष धेरै पानी परेर गहुँबालिमा सिधुरे रोग लागेको कृषकहरुको गुनासो छ । गहुका बाला लागेता पनि बालामा दाना नलाग्दा कृषकहरु चिन्तित भएका छ्न । गतसालको भन्दा यसवर्ष आधाले गहुँबाली घटेको आठबिसकोट १३ का कृषक केशव थापाले बताउनुभयो । अधिकांश कृषकले लगाएको गहुबालिमा सिधुरे रोग लागेको छ ।
यसवर्ष कोरोनाको महामारिले अन्न बेसाउन समेत नपाईने कृषकहरुको गुनासो छ । लकडाउनले कमाईकजाई केही नभएकोले सरकारले आफुहरुलाई उचित राहत र बालि बिमा गरिदिनुपर्ने आठबिसकोट १४ का कृषक दुर्गा मल्लको माग रहेको छ ।
तपाईंको प्रतिक्रिया