कोरोना सङ्क्रमण ७१ जिल्लामा फैलियो

 जेठ २६, २०७७

तुलसीपुर,२६ जेठ ।
कोरोना सङ्क्रमितको संख्या हरेक दिन उकालो लागि रहेको छ । हालसम्म झण्डै ३५ सय सङ्क्रमितको संख्या पुगेको छ । हिजोसम्मको तथ्याङक अनुसार सङ्क्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । सबभन्दा धेरै सङ्क्रमित प्रदेश २ मा भेटिएको छ। त्यहाँ १ हजार १ सय ६१ सङ्क्रमित पाइएको छ।

त्यसपछि प्रदेश ५ मा १ हजार ८१ जनामा सङ्क्रमण पाइएको छ।कर्णाली प्रदेशमा ६ सय ३३ जना सङ्क्रमित पाइएका छन भने प्रदेश १ मा २ सय ५९ बागमती प्रदेशमा ९२ गण्डकी प्रदेशमा १ सय ११ र सुदुरपश्चिम प्रदेशमा १ सय ११ जनामा सङ्क्रमण पाइएको विवरण स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको छ । रोल्पामा पनि सङ्क्रमित भेटिएपछि कोभिड १९ बाट प्रभावित जिल्लाको सख्या ७१ पुगेको छ ।

तपाईंको प्रतिक्रिया