शरिरमा आगो लगाएका ब्यक्तिको मत्यु

 जेठ २६, २०७७

तुलसीपुर,२६ जेठ ।
अछामको बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको छ । बयलपाटा अस्पतालमा सरसफाईमा कार्यरत आउजीको उपचारका क्रममा केहीबेर अघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिनुभयो । अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका आउजीको अछाममा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । 

दुई बर्ष देखि बयलपाटा अस्पतालको सरसफाई कार्यमा कार्यरत आउजीले जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडी नै अस्पतालले हटाएको चिठी दिएपछि सिद्धार्थ तनावमा रहेको बुझिएको छ ।

तपाईंको प्रतिक्रिया