दीपिका पादुकोणका बडीगार्डको कमाई कति ?

 जेठ २९, २०७७

बडीगार्डले हरेक सेलिब्रिटीको जीवनमा निकै महत्वपूर्ण भूमिका निभाउँछन् किनभने उनीहरुले भीडभाडयुक्त स्थानमा सेलिब्रिटीको रक्षा र हेरविचार गर्ने गर्छन् । दीपिका पादुकोणका नीजि बलिगार्ड जलाल हुन् । उनी वर्षौंदेखि दीपिकासँगै छन् र थुप्रै महत्वपूर्ण अवसरमा अभिनेत्रीसँगै उनलाई देख्ने गरेका छौं । रणवीर सिंह र दीपिका पादुकोणको विवाहमा जलालले दुलहीपक्षको ब्रिगेडको नेतृत्व गरेका थिए । जलाललाई दीपिकाले आफ्नो दाइ मान्छिन् र हरेक रक्षाबन्धनमा राखी बाँध्ने गर्छिन् ।

जलालले दीपिका पादुकोणको जीवनको सुरक्षाका लागि निकै महत्वपूर्ण भूमिका निभाउने कुरामा कुनै दुइमत छैन । तर के तपाईंले उनको वार्षिक कमाई कति होला भनेर अनुमान लगाउनु भएको छ ? बलिउड लाइफ डटकममा प्रकाशित खबर अनुसार सन् २०१७ मा जलालको वार्षिक तलब ८० लाख भारु थियो जसको अर्थ यो हो कि अहिलेसम्म उनको तलब लगभग १ करोड भारु पुगिसकेको छ ।

तपाईंको प्रतिक्रिया