गाई मारेको आरोपमा ९ जना पक्राउ
तुलसीपुर,२९ जेठ ।
गाई मारेको आरोपमा ९ जना पक्राउ परेका छन् । दाङ प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर ५ धर्ना स्थित गाई काटेको आरोपमा ६ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा दाङ र प्युठानका रहेका छन । गाई काटेर विक्रिका लागी हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले मासु सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
यसबारेमा थप अनुसन्धान भईरहेको डिएसपी खड्काले बताएका छन् । यस्तै प्युठानमा पनि गाई मारेको आरोपमा तिन जना पक्राउ परेका छन् । जिल्लाको प्यूठान नगरपालिका ६, लम्स्याङ स्थित झुपासिह रोकामगरको घरमा गाई काटि खाएको आरोपमा रोकामगर सहित अन्य दुई जनालाई पक्राउ गरिएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तपाईंको प्रतिक्रिया