क्वारेन्टाईनमा योग प्रशिक्षण

 जेठ २९, २०७७

दिप्तीशिखा चौधरी,दंगीशरण,२९ जेठ

दंगीशरण गाउँपालिका विरेन्द्र मा.वि.को क्वारेन्टाईनमा रहेका नागरीकहरु आज एका बिहानै ब्यायाम गर्नमा ब्यस्त देखिन्थे । उनीहरु सधैँजसो ब्यायाम गर्ने गर्छन् तर आजको व्यायाम फरक थियो । उनीहरुले सुनाए । ब्यायाम गर्ने पनि फरक फरक तरीका हुदोरहेछ । आफुहरु फरक अनुभव गरेको उनीहरुले सुनाए । आज पसिना अली धेरै बग्यो, शरीर फुर्तीलो भएको महशुस भयो । अली छिटै भोक लाग्यो । क्वारेनटाईनमा बसेका सबैको अनुभव यस्तै थियो ।

आजको ब्यायाम उनीहरुका लागि सुनौलो भयो । रमाईलो संगसगैँ शरीर पनि फर्तिलो भयो । रात दिन बसेर, सुतेर दिन रात काट्न बाध्य क्वारेन्टाईनबासीहरुलाई शारीरीक व्यायामले आनन्दको महशुस दियो । क्वारेनटाईनमा रहेका नागरिकहरु संगसगै उनीहरुको मनोवल बढाउँन गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, स्वास्थ्य शाखा प्रमुख दशरथ गिरी, संस्थाका महिला सदस्यहरु, प्रहरी पनि भौतीक दुरी कायम गरेर संगसगैँ व्यायाम गरे ।

जागृती महिला सामुदायीक सस्ंथाले दंगीशरणका दुई क्वारेन्टाईनमा रहेका नागरिकहरुको स्वास्थ्य अवस्थामा परिवर्तन आओस भन्ने उद्धेश्यले व्यायामको आयोजना गरेको हो । सामाजीक बिकाश कार्यालय प्रदेश न. ५ को आर्थीक सहयोगमा ब्यायामको आयोजना गरेको हो । पतञ्जली योग प्रशिक्षक दंगीशरणका दिपक गौतम र कमलकान्त भट्राईले योग प्रशिक्षण दिएका थिए ।

ब्यायाम बाट पनि कोरोनाको संक्रमणबाट बच्न सकिन्छ र रोग बाट लड्न सक्ने क्षमताको विकाश हुन्छ भन्दै जागृती महिला समूहले कोरोना संक्रमितहरु बढ्दै गएको समयमा क्वारेन्टाईनमा बसेका नागरिकहरुको उच्च मनोवल बढाउँनका लागि योग प्रशिक्षण कार्यक्रमको आयोजना गरेको जागृती महिला सामुदायीक सस्ंथाकि दिपा अधिकारीले बताईन् ।

सस्थाले केहि दिन पहिले सिद्ध पृथ्वी जनता मा.वि.को क्वारेन्टाईनमा रहेकालाई पनि योग प्रशिक्षण दिएको थियो ।

तपाईंको प्रतिक्रिया