महासंघ अध्यक्ष प्रियासनमाथि भएको दुर्व्यवहारप्रति भत्र्सना

 जेठ ३०, २०७७

दाङ,३० जेठ ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनमाथि भएको दुर्व्यवहारप्रतिको भत्र्सना गरिएको छ । घोराही —१४ शहिद लखनपार्क नजिक अध्यक्ष प्रियासनमाथि तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेकोप्रति महासंघ दाङ शाखाले भत्र्सना गरेको हो ।

स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आईदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुग्नुभएको थियो । सचिव भूपेन्द्रप्रकास वलीद्धारा जारी विज्ञप्तीमा स्थानीयसँग सौहाद्रतापूर्वक छलफल चलिरहेको सन्दर्भमा स्थानीय युवाले अध्यक्षको मोटरसाइकलको चाबि खोसेर हातपात समेत गरेको उल्लेख गरिएको छ ।

उनिहरुले अध्यक्ष तथा सम्पूर्ण सञ्चारजगतको चरित्र हत्या गर्ने उद्देश्यलेसामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेको विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तीमा दोषिलाई कानुनको कठघरामा ल्याउन माग गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता अराजक गतिविधि नगर्न सचेत गराइएको छ ।।

तपाईंको प्रतिक्रिया