तुलसीपुर निवासी न्यायाधीस डाँगी सवारी स्कार्पियो दुर्घटना
दाङ, २ भदौ । मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई सेनाको हेलिकोप्तरमार्फत काठमाडौँ पठाइएको छ । काठमाडौँबाट हेटौँडा आइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा पर्दा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका थिए ।
दुर्घटनामा मुख्य न्यायाधीश, दाङ, तुलसीपुर–९ का ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्टार, बैतडी, दशरचन्द–७ सुर्कालका ५१ वर्षीय तारादत्त बडु, ताराकी पत्नी, ४९ वर्षीया लक्ष्मी बडु, छोरा, २५ वर्षीय रितेन्द्र बडु, दिदी, ३१ वर्षीया रिता बडु र चालक, दाङ, राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका थिए ।
उनीहरुमध्ये रजिस्ट्रार बडु र चालक चौधरीबाहेक बाँकी ४ जनालाई सेनाको हेलिकोप्टरमार्फत छाउनी अस्पताल पठाइएको मकवानपुरका डिएसपी माधवप्रसाद काफ्लेले बताए । बाँकी दुई जनाको हेटौँडा अस्पतालमाा उपचार जारी छ ।




तपाईंको प्रतिक्रिया