दाङमा क्वारेन्टाईनमा रहेका एक युवकको ज्यान गयो
तुलसीपुर,३१ जेठ ।
दाङमा क्वारेन्टाईनमा रहेको एक युवकको ज्यान गएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटा क्वारेन्टिनमा बसेका १८ वर्षीय युवकको ज्यान गएको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिएका छन । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ निवासी ति युवा जेठ १२ गते क्वारेन्टिनमा बसेका थिए ।
भारतबाट आएका युवकमा बान्ता हुने र स्वासप्रस्वासमा समस्या देखिएपछि आज बिहान उपचारको लागि बुटवल लैजाने क्रममा उनको ज्यान गएको हो । उनको पीसीआर जाँच गरेको रिपोर्ट अझै आएको छैन। जेठ २१ गते स्वाव संकलन गरेर परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
तपाईंको प्रतिक्रिया