प्रदेश ५ बजेट: उत्तर कुमार वली सडक सुरक्षा कार्यक्रममा ३ करोड

तुलसीपुर,१ असार ।
पाँच नम्बर प्रदेश भित्रका १२ वटै जिल्लामा सडक दुर्घटना न्यूनीकरण कार्यलाई प्रभावकारी बनाईने भएको छ । यसका लागि उत्तरकुमार वली सडक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिदै बजेट विनियोजन गरिएको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन ।
आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका पोखरेलले बजेट प्रस्तुत गर्दै यसका लागि ३ करोड ५५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।
तपाईंको प्रतिक्रिया