कोरोनाबाट बाँकेमा एक महिलाको निधन
तुलसीपुर,३ असार ।
बाँकेमा कोरोनाबाट महिलाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ । ती महिला बिरामी भएपछि ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएकी थिइन् ।
सोमबार साँझ उनको मृत्यु भयो । दिउँसो नै उनको स्वाव लिइएको थियो । स्वावको मंगलबार राती आठ बजे रिपोर्ट आउदा महिलामा कोरोना देखिएको ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । चार दिनसम्म उनलाई आइसीयू राखेर उपचार गरिएको थियो । महिलाको शव मेडिकल कलेज, कोहलपुरमा रहेको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि बाँकेमा नरैनापुरका युवकको कोरोनाबाट मृत्यु भएको थियो ।
तपाईंको प्रतिक्रिया