गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

 असार ०५, २०७७

काठमाडौं, ५ असार ।

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप संक्रमितमा बाग्लुङका १४ जना छन्। सो जिल्लाका गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६/६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै भारतबाट फर्किएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख छ।

तपाईंको प्रतिक्रिया