तुलसीपुरको निति तथा कार्यक्रम यस्तो छ
तुलसीपुर,५ असार ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सातौ नगर सभा बैठकमा नगरप्रमुख घनश्याम पाण्डेले निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । निति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख पाण्डेले कृषि , स्वास्थ्य, शिक्षा र कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिएको बताएका छन् ।
कोभिड १९ को महामारीका कारण स्वदेश फर्किएकाहरुको लागि रोजगारी दिने र कृषिमा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । यसका साथै पुर्वाधार विकास प्राधिकारण मार्फत यस बर्ष एक सय किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नती गरिने नगर प्रमुख पाण्डले बताएका छन ।
निति तथा कार्यक्रमको पुर्ण पाठ हेर्नुहोस
तपाईंको प्रतिक्रिया