थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो
तुलसीपुर, ६ असार ।
नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ७६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ ।
तपाईंको प्रतिक्रिया