योग दिवस : कोरोनासँग जुध्न आहार, व्यायाम
तुलसीपुर, ७ असार ।
आज अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो । कोरोना महामारीपछि योग, आहार तथा मनोबलको महत्व अझ बढेको छ । सङ्क्रमण रोक्न गरिएको लकडाउन तथा क्वरेण्टीनमा रहेकाहरुको तनाव व्यवस्थापनमा पनि योग महत्वपूर्ण भएको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले योग र सन्तुलित खानपानमा ध्यान दिन सकेमा निरोगी नेपालको उद्देश्य पूरा हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सरकारको आकाङ्क्षा पूरा गर्न शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
तपाईंको प्रतिक्रिया