सुनको भाउ तोलामा ९१ हजार
काठमाण्डाै , ९ असार ।
सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् । हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ । हिजो सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै महंगो हो । अस्ति आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसको असर नेपाली बजारमा पनि परेको र भाउ अझै बढ्ने सक्ने नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२ दशमलव ८० अमेरिकी डलर पुगेको छ । महासंघकाअनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको छ । कोरोना भाइरस र लकडाउनको कारण आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।
तपाईंको प्रतिक्रिया