आठबिसकोटमा लकडाउनको समयमा महिला हिंसा धेरै

 असार ०९, २०७७

हिरा परियार,रुकुम पश्चिम,९ असार ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा लकडाउनको समयमा महिला हिंसाका घटनामा बृद्धी भएको छ । नगरपालिका भित्र पहिलेको तुलनामा लकडाउनको समयमा महिला हिंसाका घटनामा दोब्बरले बृद्धि भएको हो । गत साउन देखि यता इलाका प्रहरी कार्यालय आठबिसकोटमा जम्मा ३७ वटा महिला हिंसा सम्बन्धिका उजुरी दर्ता भएको प्रहरी निरिक्षक अच्युत राज आर्चायले जानकारी दिनुभयो ।

उहाँका अनुसार लकडाउन भएदेखि यता तिन महिनाको अबधिमा मात्रै नगरपालिकाका बिभिन्न ठाउँबाट १८ वटा महिला हिंसाका उजरी पर्न आएका छन । गत साउन देखि चैत्र महिनासम्म दर्ता भएका उजुरीको तुलनामा यो दोब्बरले बढि हो । गालि,गलौज,मदिरा सेवन गरि कुटपिट,जुठा आरोप लगाएत प्रकृतिका उजरी दर्ता भएको प्रहरी निरिक्षक आचार्यले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय आठबिसकोटमा दर्ता भएका महिला हिंसा सम्बन्धिका उजुरीहरुको छिनोफानो भैसकेको प्रहरी निरिक्षक आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै पक्षको सहमतीमा छलफलको माध्यमबाट मिलापत्र गरि उजुरीको छिनोफानो गरिएको छ । यस्तै जबजस्ती करणीका २ वटा,जबजस्ती करणी उद्योगका ४ वटा र बहु बिबाहको १ वटा गरि जम्मा ७ वटा गम्भिर प्रकृतिका मुद्धाहरुलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पठाइएको उनको भनाई छ ।

तपाईंको प्रतिक्रिया