विद्यार्थीले जलाए त्रिवि उपकुलपतिको कुर्सी

 असार १०, २०७७

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् । उनीहरुले बुधबार दिउँसो कुर्सी जलाएका हुन् । कुर्सी जलाएपछि उनीहरुले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्राको कार्यालयमा ताला लगाएका छन् ।

त्रिवि प्रवक्ता सूर्य अधिकारीका अनुसार कुर्सी जलाएपछि विद्यार्थीले नेविसंघको नाममा हस्ताक्षर गरेर ताला लगाएको ढोकामा सूचना जारी गरेका छन् । 
पछिल्लो समय उपकुलपति बास्कोटालगायका त्रिवि नेतृत्वमा रहेकाहरुले भागबण्डामा आफू मातहतका निकायमा नियुक्त गरेको, विश्वविद्यालयको पढाइ सुधारको सट्टा दलीय आस्थाका आधारमा नियुक्तिलाई मात्र ध्यान दिएको लगायतका आरोप विद्यार्थीको छ ।

तपाईंको प्रतिक्रिया