दाङमा अहिले सम्मकै धेरै ७६ संक्रमित थपिए
तुलसीपुर, १० असार । दाङमा आज मात्रै ७६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार गरिएको कोरोना परिक्षणमा अहिले सम्मकै सवैभन्दा धेरै ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित बंगलाचुली गाउँपालिकाका ४२ जना र घोराही उपमहानगरपालिकाका ३४ जना रहेका छन् । योसँगै दाङमा ३ सय ८० जनामा कोरोना संक्रमितको संख्या पुगेको छ ।
तपाईंको प्रतिक्रिया