करेण्ट लागेर सल्यानका गिरी घाईते

 असार ११, २०७७

तुलसीपुर,११ असार ।
करेण्ट लागेर सल्यानमा एक जना घाईते भएका छन । घाईते हुनेमा जिल्लाको त्रिबेणि गाउपालीका ६ लुहाम निवासि बर्ष २७ का सुनिल गिरी रहेका छन । घर नजिकैको बारीमा घास काट्ने क्रममा नाङ्गो तारले दाहिने हात र खुट्टामा करेण्ट लागेको प्रहरीले जनाएको छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पतालले जनाएको छ । उनलाई आज विहान साढे १० बजेतिर करेण्ट लागेको थियो ।

तपाईंको प्रतिक्रिया