तुलसीपुरमा २५ जनाको रिर्पोट नेगेटिभ

 असार ११, २०७७

तुलसीपुर,११ असार ।
दाङको राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठानमा गरिएको कोरोना परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । आज गरिएको पिसिआर परिक्षणमा ६ सय बढिको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । दाङ सहित छिमेकी जिल्लाबाट आएका ६ सय ७ वटा नमुना परिक्षण गरिएको थियो । उनिहरु सबैको रिर्पोट नेगेटिभ आएको हो ।

यता तुलसीपुरको रक्षाचौर क्वारेन्टाईनमा बसेका २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । उक्त क्वारेन्टाईनबाट संकलन गरिएको १ सय ३१ स्वाव मध्ये २५ जनाको परिक्षण गरिएको थियो ।

तपाईंको प्रतिक्रिया