दलीत समुदायका ११ घरलाई ग्यास सेट
दिप्तीशिखा चौधरी, दंगीशरण, १४ असार ।
दंगीशरण गाउँपालिका वडा नम्बर ५ ले अती विपन्न दलीत समुदायका घर परीवार ग्यास चुलो वितरण गरेको छ । आज एक कार्यक्रमका बिच उनीहरुलाई ग्यास चुलो वितरण गरिएको हो । वडामा रहेका दलीत समुदाय मध्ये ग्यास चुलो नभएकाहरु लाई मात्र वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए ।
आर्थीक बर्ष २०७६÷०७७ को कार्यक्रम अनुशार ७५ प्रतिशत अनुदानमा ग्यास चुल्हो वितरण गरिएको हो । धेरैको घरमा ग्यास चुलो भएकाले वडाका ११ घर परिवारलाई मात्र वितरण गरिएको अध्यक्ष गौतमले बताए । वडाले ग्यास चुलो वितरण गरेपछि वडाका उनिहरु खुसी भएका छन् । कार्यक्रमको शहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका गरेका थिए ।
तपाईंको प्रतिक्रिया