कुलोले बगाएर तुलसीपुरमा एक बालीकाको मृत्यु
तुलसीपुर,१५ असार ।
कुलोले बगाएर तुलसीपुरमा एक बालीकाको मृत्यु भएको छ । कमान सिह बिकको छोरी वर्ष २ की ती बालीका खेल्ने क्रममा घर नजिकै रहेको कुलोले बगाएर मृत अबस्थामा फेला परेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कमान सिह तुलसीपुर उमनपा १८ स्थित आशाराम बिकको घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया