कृषकलाई कागति र सुन्तलाका बिरुवा बितरण
हिरा परियार,रुकुम पश्चिम,१५ असार ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ का अति बिपन्न दलित समुदायका कृषकहरुलाई निशुल्क रुपमा कागति र सुन्तलाका बिरुवा बितरण गरिएको छ । कर्णाली प्रदेश कृषि मन्त्रालयको साँसद बिकास कार्यक्रम अन्र्तगतको आर्थिक वर्ष २०७६ /०७७ को बजेटबाट नगरपालिका ११ का अति विपन्न घरपरिवारलाई कागति र सुन्तलाका बिरुवा बितरण गरिएको हो ।
उक्त वडाका ७ टोलका २ सय १५ घरपरिवारलाई हिजो र आज गरि ४ हजार सुन्तलाका बिरुवा र २५ सय कागतिका बिरुवा बितरण गरिएको अति बिपन्न दलित तथा लक्षित सञ्चालक समितिका अध्यक्ष दलजित नेपालीले जानकारी दिएका छन । उनका अनुसार कृषकहरुलाई १ सय ६ वटा स्प्रे ट्यांकी र ८० वटा सिकेचर कैँचि पनि बितरण गरिएको छ ।
उक्त वडाका रुजिगाउँ, मँग्रा,लबाङा,टमाटाबारा,सिन्जीउरा,ढारगन्ना,र नौँलाकोट लगाएत टोलका अति बिपन्न दलितहरुलाई बिरुवा र उक्त सामग्री मागको आधारमा बितरण गरिएको अध्यक्ष नेपालीले बताए । यस्तै बितरण गर्न बाकिँ ५५ वटा स्प्रे ट्यांकी खलंगामा रहेको हुदा गाडि पाउने बित्तिकै ल्याएर बितरण गरिने पनि अध्यक्ष नेपालीले जानकारी दिएका छन ।
तपाईंको प्रतिक्रिया