चेम्बरले भन्यो १२ बजे बन्द गर्ने निर्णय पुर्नविचार गरौं

 असार १५, २०७७

तुलसीपुर,१५ असार ।

तुलसीपुर चेम्बर अफ कमर्सले १२ बजेपछि तुलसीपुर बजार बन्द गर्ने निर्णयलाई पुर्नविचार गर्न उपमहानगरलाई आग्रह गरेको छ । चेम्बरका पदाधिकारीले नगर प्रमुख घनश्याम पाण्डेलाई भेटेर यस्तो आग्रह गरेका छन । चेम्बरको आज बसेको बैठकले कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण व्यवसायीहरु प्रताडित भएको भन्दै देशैभर बिहानदेखि पाँच बजेसम्म पसलहरु खुलेकाले १२ बजेपछि गरिएको बजार बन्दलाई पुर्न बिचार गरिदिन आग्रह गरेको हो ।

आर्थिक बर्षको अन्तिम महिना भएकाले आर्थिक संकलनको पनि महत्वपूर्ण समय भएकाले र घरधनीले घरभाडा बुझाउन तोकेता गरिरहेकाले सहजताका लागि निर्णय पुर्न बिचार गर्न आग्रह गरेको मेयरको सचिवालय प्रमुख मान बहादुर रावतले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया