खुकुलो ‘लकडाउन’लाई साउन ७ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौं, १५ असार ।
सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया