शान्तिनगर २ का वडाध्यक्ष माथि आक्रमण
![](https://janamukhikhabar.com/wp-content/uploads/2020/06/FB_IMG_1593508791761.jpg)
दाङ, असार १६ ।
दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार भएको छ। मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ। उनलाई अहिले तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए।
फर्साराम डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
तपाईंको प्रतिक्रिया