सल्यान दार्मामा ९ जनामा कोरोना पुष्टि

 जेठ २०, २०७७

सल्यान,२० जेठ ।

सल्यानको दार्मामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण देखिएको हो । यो संगैं सल्यानमा संक्रमितको संख्या ५३ पुगेको छ थप संक्रमण पुष्टि भएका व्यक्ति ३५ देखि ५० बर्ष उमेर समुहका छन् ।

भारतदेखि आएर क्वारेन्टाइन मा बसेका उनीहरुमा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म संक्रमण देखिएका ४४ जना बनगाड कुपिन्डे नगरपालिकाका र ९ जना दार्माका हुन् ।

यो संगैं कर्णाली प्रदेशमा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईंको प्रतिक्रिया