एम्बुलेन्स चालकमा कोरोना पुष्टि

धनगढी,२० जेठ ।
अछामबाट बिरामी बोकेर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना पुष्टि भएको छ । आइतबार अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
अछाम जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सुर्खेतको प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमूना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको छ । चालक अहिले धनगढीमै रहेका छन् ।
तपाईंको प्रतिक्रिया