दाङमा थप ८ जनामा कोरोना पुष्टि
तुलसीपुर,२० जेठ ।
दाङमा आज फेरी ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा बंगलाचुली र राप्ती गाउँपालिकामा संक्रमित पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
जसमा बंगलाचुली गाउँपालिका ७ का २९ बर्षिय एक पुरुष र वडा नम्वर ५ का पाँच जना पुरुषमा कोरोना देखीएको हो । यस्तै राप्ती गाउँपालिका १ का १८ बर्षिय एक जना र वडा नम्वर ९ का ५५ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । दाङमा हाल सम्म ५१ जनामा कोरोना पुष्टि भएको छ ।
तपाईंको प्रतिक्रिया