दाङमा थप १५ जनामा काेराेना संक्रमण पुष्टि

 जेठ २२, २०७७

तुलसीपुर ,२२ जेठ ।
दाङमा एकै दिन १५ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परिक्षण रिपोर्टमा १५ जनामा कोरोना पुष्टी भएको प्रतिष्ठानले बताएको ।

घोराही उपमहानगरपालिका वडा नं २ र ९ का ५ जना, बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ का ६ जना, राजपुर गाउँपालिकाका वडा नं. २, ३, ४ का ३ जना र बबई गाउँपालिका ५ का एकजनामा कोरोना पुष्टि भएको हो । यो सहित दाङमा ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाईंको प्रतिक्रिया