रुकुम घटना: समाजवादी दलित मुक्ति महासंघले बुझायो ५ बुँदे माग पत्र

 जेठ २४, २०७७

हिरा परियार,रुकुम पश्चिम,२४ जेठ ।

समाजवादी दलित मुक्ति महासंघ जिल्ला समन्वय समिति रुकुम पश्चिमले चौरजहारी सोति घटनालाई लिएर बिभिन्न ५ बुँदे माग पत्र गृह मन्त्रालयलाइ बुझाएको छ । रुकुम पश्चिमको चौरजहरी ८ सोतिमा यहि जेठ १० गते साँझ भएको घट्नाको निष्पक्ष छानबिन हुनुपर्ने लगाएत विभिन्न ५ बुँदे माग राख्दै महासंघले शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाइ मागपत्र बुझाएको हो ।

पार्टिका कर्णाली प्रदेश सचिव अमर ओली र समाजबादी दलित मुक्ति महासंघका संयोजक ललित परियार लगातको सहभागितामा प्रमख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल मार्फत गृहमन्त्रालयलाई मागपत्र बुझाएका छन। महासंघले घटनाको निष्पक्ष, स्वतन्त्र छानविनको लागि उच्चस्तरिय सर्वदलिय छानविन समिति गठन गर्न माग गरेको छ । यस्तै घटनामा ज्यान गुमाएका युवाहरुलाई साँकृतिक सहिद घोषणा गर्नु पर्ने, पिडित परिवारलाई उचित राहत तथा घाईतेलाई उपचारको व्यवस्थापन गर्नु पर्ने, घटनाको विषयमा राजनितिकरण नगर्न, जातिय बिभेद हटाई सामाजिक सद्भाव र समानता कायम गर्न राज्य स्तरबाट जातिय भेदभाव हटाई अभियान संचालन गर्नु पर्ने लगाएत मागहरु राखेको छ ।

समाजबादी बिद्यार्थि संगठन र समाजबादी दलित मुक्ति महासंघले संयुक्त रुपमा खंलगामा बिरोध र्याली पनि निकालेका थिए । शुक्रवार कालिका मन्दिरबाट सुरु भएको बिरोध र्याली, तल्लो बजार हुदै पुन कालिका मन्दिरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

तपाईंको प्रतिक्रिया