गण्डकी प्रदेशमा विहानै ३२ संक्रमित थपिए

 असार १९, २०७७

तुलसीपुर,१९ असार ।

गण्डकी प्रदेशका चार जिल्लामा आज बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहान साढे ६ मा एक प्रेश विज्ञप्ति प्रकाशित गरी नवलपुरमा १९, तनहुँमा ९, पर्वतमा ३ र बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । नवलपुरको कावासोती नगरपालिकाका ११ जना पुरुष र तीन जना महिला, मध्यबिन्दु नगरपालिकाका ४ जना पुरुष र एक महिला संक्रमित भएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिकाका ७ जना र भिमाद नगरपालिकाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको बिहादी गाउँपालिका, फलेवास नगरपालिका र पैयुँ गाउँपालिकाका एक÷एक जना पुरुष र बागलुङको जैमिनी नगरपालिकाका १ जना पुरुष संक्रमित भएका छन् । भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमित सबै १९ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको पायक पर्ने आईसोलेसनमा ल्याउने तयारी सुरु भएको शर्माले बताउनुभयो । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया